१८ देशमा नयाँ राजदूत सिफारिस, ५ मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने

सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै  मन्त्रिपरिषद बैठकले विभिन्न ५ मुलुकमा कार्यरत नेपाली आवासीय राजदूतलाई आगामी भदौ १५ गतेसम्म्म फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासङ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासी राजदूतलाई उक्त पदको जिम्मेवारीबाट मुक्त हुनेगरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया