मिडिया ट्रायलबाट बच्न गृहमन्त्री लेखकलाई रवि लामिछानेको सुझाव
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन्।बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति रहेकाे संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निवर्तमान गृहमन्त्री समेत रहेका उनले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गरेका हुन्।
सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए।
उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताए।
सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे।
प्रतिक्रिया