खान युनूसमा आठ दिने इजरायली आक्रमणले २५० प्यालेस्टिनीको मृत्यु
एजेन्सी । गाजाको दक्षिणमा अवस्थित खान युनूसमा एक हप्ता लामो इजरायली आक्रमणमा परी २५० भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् ।
गाजाको सरकारी सञ्चार कार्यालयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार खान युनूस क्षेत्रबाट फिर्ता हुनुअघि इजरायली पक्षले २५० भन्दा बढी प्यालेस्टिनीको हत्या गरेको, ३०० जना घाइते भएका र ३१ जना बेपत्ता भएका छन् ।
इजरायली सेनाले ३१ घरहरू ध्वस्त पारेको छ भने दर्जनौं घर तथा आवासीय संरचनासहित महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको छ । इजरायली पक्षले उद्धार र राहत कर्मीलाई बाटोमा रोकेको, उनीहरूका कारण सयौँ सर्वसाधारण घाइते भएका र दशौं हजार विस्थापित भएका छन् । सेनाले मानवता विरुद्धको अपराधको रूपमा खान युनूसमा नागरिक र विस्थापित मानिसहरूको क्रूरतापूर्वक नरसंहार गरेको प्यालेष्टिनी मानवअधिकारवादी समूहको दाबी छ ।
इजरायली सेनाले जानाजानी आवासीय संरचना, छिमेक र घना जनसङ्ख्याको आवास क्षेत्रमा कारबाही गरी गाजाका धेरै क्षेत्रमा ठूलो सङ्ख्यामा नरसंहार निम्त्याएको प्यालेष्टिनी मानवअधिकारवादीहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया