मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने

काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् । सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
 
केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन अथवा साउन १८ गते विश्वासको मत लिन लागेका हुन।

प्रतिक्रिया