एआइजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ। एआइजी टेकप्रसाद राईको नेतृत्वमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। ज्ञवालीविरूद्ध ६० किलोको अनुसन्धान गर्दा गम्भीर लापरबाही गरेको , उमेर विवाद, नक्कली सर्टिफिकेट, लगायत विषयहरूमा उजुरी परेका छन्। संगठनमा चेन अफ कमाण्डलाई बाइपास गरेर काम गरेको आरोप पनि ज्ञवालीमाथि लगाइएको छ ।

गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रिपरिषद बैठकले सरूवा गरेको थियो। 

बज्राचार्यलाई कार्य विभागमा पठाएर सिआइबीमा एआइजी ज्ञवालीलाई ल्याइएको थियो। उनको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ।

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।

प्रतिक्रिया