दमन र हिंसाको विरोधमा बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन

काठमाडौँ । मानव अधिकार समाज र  नागरिक समाजले नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि  प्रदर्शन गरेको छ । बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा आयोजकले प्रदर्शन गरेका हुन् ।   

प्रदर्शनमा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउनु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य हुनु पर्ने, हत्या लगायत घटनाको जबाफदेहिताको सुनिश्चित गर्न लगायतकामागसहितको प्लेकार्ड बोकेर विरोध जनाएका थिए । 
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।  आन्दोलनका क्रममा राज्यले तीव्र दमन गरेको भन्दै तिव्र आलोचना भइरहेको छ । 

प्रतिक्रिया