कृषि समितिको सभापतिमा कांग्रेस सांसद थापा निर्विरोध

 

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित  भएकी छिन् ।

 कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् । समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा निर्विरोध भएको घोषणा गरेका हुन् । यस अघिसमितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि  सो पद रिक्त हुनपुगेको थियो । 
समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो । 

प्रतिक्रिया