सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्न प्रधानसेनापति शर्माको जोड
काठमाडौं । १५ साउन प्रधानसेनापति प्रभुराम शार्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद समेत दिए ।
त्यसक्रममा प्रधानसेनापति शर्माले भने “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बुझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।” शर्माले्ु नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप कार्य गर्न निर्देशन समेत दिएका छन् ।
प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा नेपाली सेनाका अधिकृत तथा जवानले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन सुझाव पनि दिएका छन् ।
कार्यक्रममा नेपाली सेनाका पृतनापतिले विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया