ओलीको बोलीमा झुण्डिएको सरकार
डा. मौदगल्य शर्मा
प्रधानमन्त्री केपी ओलीले आफू मातहतका मन्त्री र मन्त्रालयका सचिवहरू लाई दिएको निर्देशन कार्यान्वयन हुनेहो भने साच्चै ओलीको जय जयकार गर्छन जनताले । दिगो सरकार बलियो काम, परिणाम पछि मामै माम हुने ओली निर्देशको सन्देशले आशा पलाएको छ । कामचोर कर्मचारीले कार्यालय समय पछि भत्ताको लोभले गरिने बैठकको कुनै ओैचित्य थिएन,छैन । भत्ता संस्कृतिको अन्त्य भयो भने पनि राष्ट्रिय ढुकुटी दोहनको एउटा प्वाल टालिने छ । विचौलिया चलखेलले नराम्ररी गाँजेको कर्मचारी तन्त्रको लगाम प्रधानमन्त्रि आफैले समाउने हो भने कमिसन तन्त्र र घुसखोरीको तापक्रम पनि घट्ने पक्का छ ।
सरकारको लक्ष्य स्पष्ट भएपछी गन्तब्यमा पुग्ने निर्धारित समयको टाईम कार्डको म्याद गुज्रने सम्भावना रहदैन । कथनि र करणीमा चुकेको बिगतको स्मरण गरेर वर्तमानको बागडोर समालेका ओलीको चुनौती भनेको उनकै दलभित्र अबसर खोज्ने अबसरवादी हरूको झुण्ड हो।नाकको टुप्पो हेरेर मनको कुरा बुज्न सक्ने ल्याकत भएका प्रधानमन्त्रि ओली अब कसैको बहकाउमा पर्लान जस्तो लाग्दैन ।
अन्यदलका नेता प्राय परिवार बादको घनचक्करमा परेर सिथिल बनेको दृष्टान्त सिंहदरवार वरिपरि चक्कर काटीरहेकै छन।छोराछोरीको मोहले लत्रेका पुष्पकमल हुन वा श्रीमतीको लिडेढिपीले ओईलाएका देउवा दुबैको कमजोरी परिवार हो भन्दा अन्यथा नहोला।अन्य ससाना पार्टीका नेता भन्नेहरू त मामाचेला फुपुचेला देखि ससुरालीका सदस्य सम्म बटुल्न पछि परेका छैनन।मै खाउँ मै लाउँ सुखसयल मोज म गरूँ को आदर्श अँगालेर सत्तासुखमा रमाउने दिन गए भन्ने सन्देश प्रवाह गर्न केपी ओली सफल भए भने यो युगकै राजनेता कहलिने छन। अन्यथा उही टुक्का बाजेको श्रीपेचमा सजिएर बिदा हुने छन।
अद्भुत जोश छ ओलीको शरीरमा। जाँगर र स्मरणको कम्पोजिसनले केपी ओलीको व्यक्तित्व झर झर बलेको छ। अनुहारमा देखिने चमकले देखाएको आकर्षणको वर्णन नै छैन। सायद यीनै गुणहरूको उपज हुनुपर्छ आफू मातहतका मन्त्री र सचिवहरू लाई दिएको निर्देशन। चाहे जे होस ओलीले फेरि चमत्कारको बिगुल फुकेका छन। उनको अभियान सफल होस शुभकामना ।
प्रतिक्रिया