भारतको झारखण्डमा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान पौने पाँच बजे रेल दुर्घटना भएको हो । हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट उछिट्टिएर छेउमा रहेको सामान बोकेको गाडीसँग ठोक्किएको बताइएको छ । लिकबाट डिब्बा उछिट्टिने रेल  हावडा–सीएसएमटी एक्सप्रेस रहेको बताइएको छ ।

प्रतिक्रिया