विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न कृषिमन्त्री अधिकारीको आग्रह
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा उनले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने बताएका हुन । मन्त्री अधिकारीले रैथानी बालीको बेवास्ता गरिएको गुनासो समेत गरे । मन्त्री अधिकारीले कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताए । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया