भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु

भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । बाढीमा सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको छ । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको छ ।  केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको जनाएका छन । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन । केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।
 

प्रतिक्रिया