महेन्द्रेश्वर महादेव अर्थात ‘मख्खन महादेव’ को आज रुद्रभिषेक
काठमांडौ । हनुमान ढोका परिसरमा रहेको महेन्द्रेश्वर महादेव अर्थात ‘मख्खन महादेव’ को आज रुद्रभिषेक गरिएको छ छ । मन्दिरको प्रवेशद्वार सँगै रहेको भगवान शिवजीको मूर्तिलाई दुधले स्नान गराई आज विशेष पुजा गरिएको हो । यहाँ हरेक बर्ष साउन पन्ध्र गते दुग्ध स्नान सहित विशेष पुजा गर्ने गरिन्छ ।
मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिमा पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो । सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ । किंवदन्ती अनुसार राजा महिन्द्र मल्ल दिनहुँ पशुपतिनाथ धाई भक्ति गरेको देखेर शिव प्रसन्न भई राजाले भनेकै स्थानमा आएर बसिदिने वरदान दिएका थिए । त्यस अनुसार तत्कालिन दरवारको उत्तर दिशामा नेपाल संम्बत ६७४ मा पशुपतिनाथको जस्तै मन्दिर बनाई राजा महेन्द्र मल्लले श्री महेन्द्रेश्वर महादेव प्रतिस्थापन गरेको भनाइ छ । बिक्रम संवत् १९९० को भुकम्पमा यो मन्दिर भत्केको थियो। पछि बिक्रम संवत् १९९५ मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले यसको जिर्णोद्वार गराएका थिए ।
प्रतिक्रिया