बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा दुई जना बालबालिकाको मृत्यु

बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।  अन्य नौ जना घाइते भएका छन ।  चक्कु प्रहार गरिएको स्थानमा विद्यार्थीहरुको डान्स कक्षा चलिरहेको बताइएको छ । आक्रमणमा घाईतेमध्ये ९ मध्ये ६ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । बच्चाहरुलाई जोगाउन खोज्ने दुई अन्य पनि घाईते भएका छन ।  घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने १७ वर्षीय युवक रहेका छन । छुरा प्रहारमा घाईतेहरुको एल्डर हे अस्पतालमा उपचार भइरहेको छ । नृत्य कक्षामा ६ देखि १० वर्ष उमेर समूहका केटाकेटी रहेको बताइएको छ । बेलायती प्रधानमन्त्री केयर स्टाररले घटनाको निन्दा गर्दै घाइते भेट्न अस्पताल गएका छन् । प्रहरीले आक्रमणको कारण “अस्पष्ट“ रहेको बताएको छ । घटना आतंकवादसँग सम्बन्धित नभएको बताइएको छ । बेलायतका राजा चाल्र्सले पनि घटनाप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गरेका छन । 

प्रतिक्रिया