नेतृत्व संकटमा परेको काँग्रेस र बिरासतको धङधङी !

डा. मौदगल्य शर्मा

नेता बनाउन चाहेको भए वीपीले शसांकलाई मेडिकल साईन्स होईन पोलिटिकल साईन्स पढाउनु हुन्थ्यो नि यत्ति त बुज्नपर्यो नि राजनीति गर्नेले होईन र ? कोइराला निवास बिराटनग संग आत्मा जोडिएको बताउने एकजना आदरणिय बा ले यो पंक्तिकार संगको भेटमा सुनाउनु भएको कटु सत्य वचन हो यो। थाङ्ने कुरागर्ने अवसर बादीहरूको चंगुलमा फसेको छ शसांक। बाउको बिंडो थाम्ने भनेकै तपाईहो भनेर फुरूक्क पार्नेहरूले शसांकको मुटु कलेजो खाईसके अब आगामी अधिबेशनमा शभापती तपाईं नै हो भनेर दिमाग खाईरहेका छन।शसांक बिचरोले त्यो छेउटुप्पै बुजेको छैन। राजनिती गर्न त्याग चाहिन्छ,सधैं लाडप्यारमा हुर्केको मनमौजी जीवन बिताको मान्छे बाट देशको राजनीति कसरी चल्छ ? शसांकको त्यो राजनीतिक बालापनको फाईदा उठाईरहेका हुन उनका वरिपरि गुणगान गाउँनेहरूले। हुँदा हुँदा शेरबहादर नै शसांक लाई काँग्रेसको नेतृत्व सुम्पन चाहन्छन भन्ने हौवा फैलाएर बिचरो शसांक लाई उडन खटोलामा चढाएर फनफनि घुमाई रहेका छन अवसरबादी काँग्रेसीले।
यी पङ्गती लेखिरहँदा ती बृद्द बाको चाउरी परेको अनुहारमा देखिएको आक्रोस स्पष्ट देखिन्थ्यो । यो बुढो शरिरमा सुमसुम्याउँदै वीपीले भन्नुहुन्थ्यो तिमी अब नेपाल जाउ सुर्यप्रसाद लाई भेट भनेर भारत बाट नेपाल पठाको तिदिन यादगर्दै बाले आफ्नो अनुभव सुनाउँदा म सुन्नेको आँङ जिरिङ जिरिङ हुन्थ्यो। झण्डै दुई घण्टाको बा सँगको बसाईले काँग्रेस राजनितीको अन्तर कथा बुज्न धेरै मदत् मिल्यो। नेपाली काँग्रेस र प्रजातन्त्र, समाजवाद र राजतन्त्र बुज्न पाकाहरूको अनुभव नभै हुँदैन नत्र त्यो बुझाई अधुरो हुन्छ भन्ने राम्ररी महसुश गर्ने अबसर मिल्यो बा सँगको बसाईमा। प्रजातान्त्रिक आचरणको मियो हो काँग्रेस भन्नेहरूनै प्रजातन्त्र डुबाउनेनै काँग्रेस हो भन्ने अवस्था सृजना हुनु भनेको काँग्रेसले आदर्स र मुल्यमान्यताको राजनीति छोड्यो भनेर बुज्ने हो।काँग्रेस र काँग्रेसीमा देखिएको भ्रष्ट आचरण अनि त्यो आचरण लाई नेतृत्वको संरक्षण हुनु दुर्भाग्य हो। नेताले विश्वास गरेका पात्रहरू नेताकै आवरणमा ब्रम्हलुट मच्चाउछन। शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारी खोजी हुनथालेपछी बुढानिलकण्ठ काँग्रेसमा धाँजा फाटेकोछ।देउवाको विश्वास पात्र हुन सजिलो छैन। बिमलेन्द्र निधि देउवा क्याम्प बाट उछिट्टिए पछीका उत्तराधिकारी बालकृष्ण खाँड भुटानी शरणार्थीको फन्दामा परेर नासिए।सन्त स्वभावका तर गुट राजनितिका चतुर खेलाडी पुर्णबहादुर खडका पनि बुढानिलकण्ठ बाट ओरालो लागिसके। १५ ओैं महाधिवेशन समयमै हुनुपर्छ भन्ने जोडबल काँग्रेस भित्र सुरू भैसकेको छ। शशरिर पनि दुर्लव हुदैगएको आभास भएरहोला शेरबहादुर देउवामा अब पार्टी नेतृत्व सुम्पनु उचित हुन्छ भन्ने चेत पलाएको देखिन्छ। श्रीमती लाई मन्त्री र आफू अन्तिम पटक प्रधानमन्त्री हुने सपना देखेका देउवाले श्रीमति लाई त थान्को लगाए, तर आफ्नो ईच्छा चै पूरा होलाकि नहोला चिन्तित छन१पार्टी शभापतीको जिम्मा शसांक लाई दिएर हुकुम फर्माईसमा पार्टी चलाउने मनसाय राखेका देउवा कति सफल हुन्छन त्यो त समयले देखाउला।यता तीन कोईराला जुटेर बिरासत फर्काउन जोडजुलुम गरिरहेको चर्चाले देउवा ससंकित छन शसांक प्रति।शेखर कोईराला र सुजाता कोईरालाको छटपटी नेतृत्वको हो कि बिरासतको रुउनिहरूनै अन्योलमा छन। पुस्तान्तरणको वजन बढ्दै गएको यो बखतमा गगन र विश्वप्रकाश देउवाका चुनौति बन्न सक्छन तर विश्वप्रकाशले पहिलेनै देउवा गुटको चास्नि चाखिसकेकोले देउवाका लागि विश्वप्रकाश चुनौति नहुन पनि सक्छन। अब के त काँग्रेसमा नेतृत्वको खडेरी परेकै हो र? जवाफ दिन तत्पर हुनुपर्छ डा शेखर कोइरालाले।

प्रतिक्रिया