लेबनानमा हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा इजरायली वायुसेनाको आक्रमण

इजरायली वायुसेनाले लेबनानमा हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा आक्रमण गरेको छ । गाजामा इजरायल नियन्त्रित क्षेत्र गोलान हाइट्समा रकेट आक्रमणको जवाफमा इजरायली वायुसेनाले ती स्थानहरूमा आक्रमण गरेको हो । आइतबार गोलान हाइट्सको फुटबल मैदानमा भएको रकेट आक्रमणमा एक किशोरसहित १२ बालबालिकाको मृत्यु भएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्ध आक्रमण गर्ने चेतावनी जारी गरेलगत्तै सेनाले कारवाही गरेको हो । सेनाले लेबनान भित्रको सातवटा हिजबुल्लाहको अखडामा गरेको आक्रमाणमा भएको क्षतिको विवरण भने आएको छैन । गोलान हाइट्समा इजरायलले आक्रमण हिजबुल्लाहले गराएको बताएको छ  तर हिजबुल्लाहले यसलाई अस्वीकार गर्दै आएको छ । हमास र इजरायलबीचको युद्ध चर्किरहेकै अवस्थामा इजरायल र हिजबुल्लाह बीचको युद्ध चर्केने सम्भावना बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  यसैबिच विश्वका नेताहरूले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया