नेपाली पातिको तेलको औषधीय र हिलिङ्ग उपचार शक्ति

सामान्य भाषामा परीक्षणको निष्कर्ष    
निष्कर्ष वा नेपाली तिते पाती तेलको फ़िङ्गरप्रिन्ट: 
नेपाली हाइड्रोडिस्टिल तिते पाती तेल (ए. भल्गारिस) मा प्रचुर मात्रामा स्वस्थको दृष्टिले उच्च मूल्य रहेको  मोनोटर्पिन र सेस्क्विटर्पिनका  यौगिकहरू भेटिनु अत्यन्त सुखद सूचना हो। 
उत्तम जीले उपलब्ध गराएको नेपाली हाइड्रोडिस्टिल तिते पाती तेलमा तलका मुख्य तत्त्वहरू भेटिए (संसारको सबैभन्दा महँगा क्रिम र छालाका लागि बनेका ओखतीहरूमा यसको सारतत्व हुने भेटिएकोले छाला फोकस फाइदा बारे समेत।) : 
सबिनेन (११.५%) - एक शक्तिशाली एन्टीअक्सीडेन्ट जुन छालाको सूजन कम गर्न र उपचार तथा नवीकरण फर्मुलामा प्रयोग गरिन्छ। 
बीटा-थुजोन (२०.१०%) - एन्टीमाइक्रोबियल र कीटनाशक गुण भएको सार तत्त्व जुन छालाको उपचारका लागि उत्तम हुन्छ। 
क्रिसान्थेनोन (५.११%) - एन्टीमाइक्रोबियल र  पोल्ने दुख्ने जस्ता सूजन रोक्ने गुणको तत्त्व जुन डन्डिफोर र अनुहारको पिड्का र अन्य छालाको रोगको स्थितिहरू उपचारमा प्रभावकारी हुन्छ। 
क्याम्फोर (१२%) - यसका शीतल गुणले पीडा र खुजली कम गर्न मद्दत गर्दछ, इक्जिमा, सोरायसिस र छालाको सूजन जस्ता स्थितिहरू नियन्त्रणमा उपयोग हुन्छ। 
बोर्निओल (४.५%) - एक एनाल्जेसिक जसले घाँटी र छालाको दुखाइ कम गर्ने र त्यसमा हुने असुविधा कम गर्दछ। 
जर्माक्रेन डी (८.५%) - छाला सङ्क्रमण र सूजन उपचारमा प्रभावकारी हुने। 
साथै यसमा अन्य २५ किसिमका औषधीय सुगन्धित यौगिकहरू पनि कम मात्रामा भेटिएको थियो। 
मानसिक र गला सम्बन्धी समस्याहरूमा: 
सबिनेन: एरोमाथेरापीमा प्रयोग गर्दा तनाव र चिन्ता कम गर्दछ; गलाको जलन कम गर्न मद्दत गर्दछ। 
बीटा-थुजोन: चेतना र मानसिक स्पष्टता बढाउने। 
क्रिसान्थेनोन: मुड स्थिर गर्ने र गलाको तारको स्वास्थ्यलाई सहयोग गर्ने। 
क्याम्फोर: मानसिक रूपमा ताजा गर्ने शीतल अनुभूति प्रदान गर्दछ। एरोमाथेरापीमा चिन्ता र नर्वसनेस कम गर्न प्रयोग गरिन्छ, र यसलाई गला दुखाइ र गलाको तारको हेरचाहमा प्रयोग गरिने मुख्य औषधी ट्याब्लेट र इन्हालेन्ट्सको मुख्य घटक पनि हो। 
बोर्निओल: एरोमाथेरापीमा तनाव कम गर्दछ र निद्रा गुणस्तर सुधार गर्दछ; गलाको असुविधा कम गर्दछ। 
जर्माक्रेन डी: एरोमाथेरापीमा प्रयोग गर्दा तनाव कम गर्न र विश्राममा मद्दत गर्दछ। 

पाचन समस्यामा: 
सबिनेन: पाचन एन्जाइमहरूलाई उत्प्रेरित गर्दछ, खाना पचाउनमा मद्दत गर्ने र पाचनलाई बढवा दिन सक्छ। 
बीटा-थुजोन: परम्परागत औषधिहरूमा पाचन विकारहरू उपचार गर्न प्रयोग गरिन्छ; पाचन रसहरूको उत्पादनलाई उत्तेजित गर्दछ, पाचन र भोक बढाउँछ। 
क्रिसान्थेनोन: पाचन तन्त्रलाई शान्त गर्दछ, फुल्ने र ऐँठन जस्ता स्थितिहरू उपचार गर्दछ। 
क्याम्फोर: फुल्ने र ग्यासका लक्षणहरू कम गर्न मद्दत गर्दछ। 
बोर्निओल: पाचन सुधार गर्दछ र अपच र पेट दुखाइ कम गर्दछ; पाचन तन्त्रका मांसपेशीहरूलाई चिल्लो र बलिष्ठ पार्दछ। 
जर्माक्रेन डी: आन्तरिक ज्वरो कम गर्दछ। 
सारांश: 
छालामा दलिने कस्मेटिक्सका लागि उत्कृष्ट कच्चा पदार्थ हो, जस्तै: फाउन्डेसन, क्रिम, जेल, साबुन र स्याम्पु।  
उपचारात्मक खानाका लागि आदर्श घटक हो 
मानसिक र गलाका स्वास्थ्य उत्पादनहरूमा अत्यन्त प्रभावकारी छ 
मानसिक स्वास्थ्यका लागि धेरै राम्रो छ।  
यसले डेंगु र मलेरिया जस्ता मच्छर सम्बन्धी ज्वरोहरूको उपचारमा सहयोग गर्दछ 
पेटको स्वास्थ्यलाई सहयोग गर्दछ। 
एङ्गुसट्रा बिटर जस्तै गरी यसलाई पेय र ककटेलमा हालेर पनि प्रयोग गर्न सकिन्छ। 
यो अत्यन्त प्रख्यात सेन्ट वा सोभर परफ्युम  समेत हो जसले विपरीत लिङ्गीको ध्यान आफू प्रति खिच्न सहयोग गर्दछ।   
सावधानी: 
प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, विशेष गरी सासमा लिने वा खाने क्रममा  
किनभने यसले कहिलेकाहीँ श्लेषमा झिल्लीमा जलन गर्ने, एलर्जिक प्रतिक्रिया गराउने गर्न सक्छ। 
अल्फा र बीटा-थुजोनको उच्च मात्रको उपयोग न्यूरोटोक्सिक पनि हुन सक्दछ। थोरै ठिक्क सावधानी पूर्वक सेवन गर्ने वा उपयोग गर्ने गर्नु होस् । 
समग्रमा भन्दा तिते पातीको तेल मानव जातिका उद्धारको लागि प्रकृतिको दिव्य उपहार हो। थप जानकारी: 
नेपाली पतिको तेलमा अधिक मात्रामा पाइने अल्फा-थुजोन र बेटा-थुजोन तिनीहरूले मस्तिष्कमा पार्ने मनमोहक सम्मोहन प्रभावका लागि प्रसिद्ध छ। जब यसलाई पानीको वाष्प मार्फत हावा संग सँग मिसाइन्छ त्यो हावाको औषधीय सुगन्धको मनोवैज्ञानिक हिलिङ्गको लागि प्रभावकारी हुने गर्दछ। विशेष गरी तन्त्रमा शक्तिशाली उपचारका अभ्यासहरूको लागि वातावरणलाई उपचार मैत्री गर्ने अल्फा-थुजोन र बेटा-थुजोन युक्त पातीको तेल मोक्सीफिकेसन मार्फत, वा बाफ मार्फत वा मसाज मार्फत प्रभावकारी उपयोगमा ल्याउन सकिन्छ। यसको कीटाणु र फङ्गससँग प्रतिरोधी प्रभावकारी क्षमता साना घाउहरूको उपचारको लागि उत्कृष्ट बनिदिन्छ। समय दर्द हटाउन समेत प्रभावकारी बनिदिन्छ।  

वैज्ञानिक अनुमान अनुसार ५०% थुजोन भएको आर्टेमिसिया तेलको एक थोपामा लगभग २३.७५ मिलिग्राम थुजोन हुन्छ। मसाजको लागि २०० मिलीलीटर खाना पकाउने तेलमा आर्टेमिसिया तेलको दुई थोपा प्रयोग गर्दा थुजोनको मात्रा 0.००३ मिलिग्राम मा पुग्ने छ। जुन यसले दिने विषाक्तताको स्तरको अत्यधिक कम मात्रा हो। 

नेपाली पातीको तेलको सक्रिय घटक थुजोन मांसपेशीमा आरामदायी गुणहरू दिन र दुखेका, गलेका बाउँडिएका मांसपेशीहरू लाई असुविधा मुक्त गर्न काममा आउने गर्दछ। यसले तपाईँको हृदयको दर बढाउने गर्दछ। जसका कारण तपाईँ अधिक सतर्क बनेको र तपाइ अन्य समय भन्दा अति फुर्तिलो बनेको महसुस गर्नु हुन्छ। जसले तपाइको दिमागमा जीवन प्रति फरक उत्साह थपिदिन्छ। व्यक्तिले दैनिक १० मिलिग्राम भन्दा कम थुजोन उपयोग यसको पूर्ण फाइदाहरू आफू सुरक्षित रहेर उठाउन सक्दछ। दैनिक १० मिलिग्रामको मात्रा भन्दा बढिले स्वास्थ्य जोखिम दिने सम्भावना हुन्छ। दैनिक १०० मिली ग्राम वा सो भन्दा बढी उपभोग गर्दा दौरा जस्ता गम्भीर जटिलताहरू निम्त्याउन सक्छ।  

सौभाग्यवश, मसाज तेलमा वा बाफ लिनको लागि प्रयोग हुने पानीमा वा मोक्सीफिकेसनको लागि तयार गरेको धूप बत्तीमा हालिने अधिकमा मात्र दुई थोपा आर्टेमिसिया तेल प्रयोग गर्दा त्यसको विषाक्तताको लेभल भन्दा सयौँ गुणा तल तेलको सक्रिय घटक थुजोन रहने हुँदा पाटीको तेल बाट हुन सक्ने सम्भावित खतरा वाट सहज बच्न सकिने हुन्छ। मूढ परिवर्तन गर्ने क्षमता: 
सामान्यतया, मस्तिष्कको रसायन GABA ले मस्तिष्कलाई शान्त गर्न मद्दत गर्दछ। पातीको तेलमा पाइने थुजोनले मस्तिष्क शान्त राख्न चाहने रसायन GABA को गतिविधिलाई रोकेर मस्तिष्कलाई थप सक्रिय बनाउने हुँदा तपाइको मूढ सक्रिय भएको, थप सतर्क बनेको महसुस गर्नु हुन्छ। बनाउन मा न सक्छ। कुनै लागु तत्वको सेवन विना तपाइको मूढ परिवर्तन गर्ने पातीको तेलमा पाइने थुजोनले व्यक्तिको मनोवैज्ञानिक र हिलिङ्ग उपचारमा ठुलो भूमिका खेल्छ। तन्त्रको लागि समेत यो गुण उपयोगी बन्दछ। 

गाँजा संग यसको मूढ परिवर्तन गर्ने क्षमता बारे तुलना गर्दा गाँजाले CB1 र CB2 एन्डोकानाबिनोइड प्रणालीमा असर गरी मेमोरी र मुडमा प्रभाव पार्ने कार्यहरू गर्दछ। गाँजाको मुख्य तत्त्व, THC, जसले तपाईँलाई आरामको, हेलुसिनेसनको महसुस गराउन त्यसले मस्तिष्कका रसायनहरूको काम गर्ने तरिकालाई परिवर्तन गर्ने गर्दछ। गाँजाको अर्को घटक CBD ले THC को त्यस्ता प्रभावहरूलाई केही सन्तुलनमा लिन मद्दत पुर्‍याउने गरेता पनि समग्रमा तिनीहरू मानव सेन्सरि अनुभव परिवर्तनमा भूमिका खेल्ने हुन्छन्। 

यसरी गाँजा संग पातीको तेलको तुलना गरी हेर्दा गाँजाको THC ले निम्त्याउन सक्ने हलुसिनोजेनिक प्रभावहरू पातीको तेलको थुजोनले पैदा नगरी मानव सतर्कता बढाउन, सेन्सरि अनुभवहरू परिवर्तन गरी मानसिक स्पष्टता खोज्नेहरूको लागि मूढ परिवर्तन गर्ने फरक प्रकृतिको विकल्प पातीको तेलले उपलब्ध गराउने गर्दछ। 
 

प्रतिक्रिया