खोटाङको खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न खार्मीमा शुक्रबार अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । खार्मीमा चौकी स्थापना भएसँगै शान्ति सुरक्षाको अवस्थामा सुधार आउने प्रहरी र जनप्रतिनिधिको अपेक्षा रहेको छ । 
खार्मीस्थित खानीडाँडा स्वास्थ्य चौकी नजिकै स्थानीय बासिन्दाको घर भाडामा लिएर अस्थायी प्रहरी चौकी राखिएको हो । चौकीलाई स्थायी बनाएर पक्की भवन निर्माण गर्न वडाध्यक्ष राई, प्राध्यापक देवकुमार राई, योगा शिरोमणि नरेन्द्र श्रेष्ठ र समाजसेवी भुवन राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि बरिष्ठ हवल्दारको नेतृत्वमा छ जनाको टोली खटाइएको छ ।
 

प्रतिक्रिया