बाग्लुङमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधन सरह यात्रु ओसारपसार गर्न पाउने नीति ल्याएपछि विरोध

बाग्लुङमा निजी प्रयोजनका सवारीसाधन लाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसार पसार गर्न पाउने नीति ल्याएपछि त्यसको विरोध भएको छ । गण्डकी सरकारले २४ घण्टा समय सिमा तोकि गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी साधनलाई यात्रु बोक्न दिने तयारी गरेपछि यातायात व्यवसायी विरोधमा उत्र्रेका हुन । बिशेष गरेर रातो प्लेटका निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधन जसरी भाडामा चलाउने कार्यले यातायातको लगानी डुब्ने उनीहरुको भनाइ छ । आन्दोलनमा ऐक्यबद्धता जनाएर व्यवसायीले यातायातका साधन संचालन नगरेपछि धौलागिरि क्षेत्रमा यातायात सेवा ठप्प छ ।  सवारीसाधन नचलेपछि लामो दुरीको काठमाडौ चितवन भैरहवा बिरगंज लगायतका ठाउँमा जाने यात्रु सदरमुकाममा अलपत्र परेका छन् । धौलागिरि क्षेत्रका १० वटा विभिन्न यातायात ब्यवसायीले म्याग्दी ,बागलुङ पर्वत मुस्ताङ लगायत जिल्लामा यातायात ठप्प पारेका हुन ।। 
 

प्रतिक्रिया