कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा

कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेको छ । भागबन्डा अनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ । यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ । वर्तमान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको हो । यससँगै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ । कांग्रेस सोमबारसम्म सरकारमा सहभागी हुने जनाइएको छ ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेका हुन । दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको नेताहरुले बताएका छन । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ ।। 

प्रतिक्रिया