प्रधानमन्त्री ओलीले मुख्य सचिव लगायत सचिवसँग छलफल गर्दै

प्रधानमन्त्री केपी ओलीले मुख्य सचिव लगायत सचिवसँग परामर्श गरिरहेका छन । सिंहदरबारमा जारी बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै मन्त्रलायका सचिवहरु सहभागी छन । ओली प्रधानमन्त्री भएपछि सचिवहरूसँग पहिलोपटक संयुक्तरुपमा जानकारी लिएका हुन । अहिले सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराइरहेका छन । प्रधानमन्त्रीले सचिवहरूसँग जानकारी लिएपछि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा निर्देशन दिने उनको सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया