इजरायलको कब्जामा रहेको फुटबल मैदानमा लेबनानी लडाकु समुहको आक्रमण

इजरायलको कब्जामा रहेको गोलान हाइट्सको फुटबल मैदानमा लेबनानी लडाकु समुहले आक्रमण गरेको छ । लडाकु समूहले रकेट आक्रमण गर्दा बालबालिका र युवासहित १२ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । इजरायली डिफेन्स फोर्स आईडीएफ ले जनाए अनुसार लेबनानी लडाकु समूह हिजबुल्लाहद्वारा प्रहार गरेको रकेट माजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा खसेको हो । हिजबुल्लाका प्रवक्ता मोहम्मद अफिफले आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । आक्रमण इजरायली इन्टरसेप्टर रकेटले विस्फोट गराएको दाबी उनको छ । प्यालेस्टाइन नियन्त्रित सो क्षेत्र इजरायलले केही समय अघि नियन्त्रणमा लिएको थियो । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाह विरुद्ध बदला लिने वाचा गर्दै उक्त समूहले ठूलो मूल्य चुकाउनु पर्ने चेतवनी दिएका छन । सो घटनाले इजरायल र हिजबुल्लाह बीचको युद्ध थप चर्केने सम्भावना बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । लडाकु समूहले इजरायल–गाजा युद्धको प्रकोप पछि नियमित रूपमा इजरायलमा गोलीबारी गर्दै आएको छ । 
 

प्रतिक्रिया