सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न माओवादी केन्द्रको बैठक आजपनि बस्दै

सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारवाट बैठक सुरु भएको हो ।  आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ पार्टी बैठक बोलाइएको हो । मुलुकको पछिल्लो राजनीतिक अवस्थामामा पनि बैठकमा छलफल हुनेछ । बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल प्रारम्भ भएको छ ।

प्रतिक्रिया