धनकुटाको साँगुरीगढी र सुनसरीको सीमा भेडेटारमा स्काई वाक सञ्चालन
धनकुटाको साँगुरीगढी र सुनसरीको सीमा भेडेटारमा स्काई वाक सञ्चालन आएको छ । बोल्डर्स अम्युजमेन्ट पार्कस एण्ड अट्राक्सन्सले निर्माण गरेको स्काइ वाकले भेडेटारमा पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने विश्वास गरिएको छ । चाल्स पोइन्टमा स्काई वाक सञ्चालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा जनप्रतिनिधिको छ ।
पर्यटन प्रवद्र्धकै लागि भेडेटारमा स्काइवाक सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ । स्काइवाकले भारतीय पर्यटक लोभ्याउने अपेक्षा छ । अहिले यहाँ विस जनाले प्रतक्ष्य रोजगारी समेत पाएका छन ।
काठमाण्डौको कमलादी, इलामको कन्याममा सफलतापूर्वक सञ्चालनमा ल्याएको बोल्डर्सले भेडेटारपनि स्काईवाक निर्माण गरेको हो । भेडेटार तराईका विभिन्न जिल्ला र भारत, बंगलादेशका पर्यटकमाझ समेत लोकप्रिय रहेको छ । स्काइ वाकमा २० करोड लगानी भएको छ । स्काई वाकमा १ सय ८५ मिटर अग्लो डाँडामा टावर तयार गरी ४१ मिटर लम्बाई र २ मिटर चौडाइमा सीसै सीसाबाट हिड्न सकिने संरचना निर्माण गरिएको छ ।
प्रतिक्रिया