कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको मन्त्रालय भागबन्डामा सहमति

कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चार÷चार वटा मन्त्रालय राख्न सहमति गरेका हुन् । आज औपचारिक छलफल गरेर यसबारे निर्णय लिने बताइएको छ । एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउने बताइएको छ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले छाडेका तीन वटा र आफैसँग राखेका कृषि मन्त्रालय दिने तयारीमा छन् । भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा थियो । माओवादीले सरकार छाडेपछि ती मन्त्रालय मुख्यमन्त्रीसँगै छ । उद्योग कृषि तथा सहकारी मन्त्रालय विगतदेखि नै मुख्यमन्त्री कार्कीको नेतृत्वमा छ । कांग्रेसले भने माओवादी केन्द्रले छाडेको बाहेक आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने बताएको छ । मन्त्रालय भागन्डाका विषयमा विराटनगरमा अनौपचारिक छलफल गरेको एमाले र कांग्रेसले काठमाडौंमा औपचारिक छलफल गर्ने तयारी गरेका छन् । छलफलका लागि कांग्रेस संसदीय दलका नेता उद्धव थापासहित नेताहरू काठमाडौमा छन् 

प्रतिक्रिया