सिमलताल पहिरोमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन पनि खोजी जारी

चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन पनि जारी छ । नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । बस खोज्नका लागि भारतीय टोलीको आग्रहमा ४० किलोको चुम्बक प्रयोग गरिएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहानदेखि नै बेपत्ता बसको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न छ । घटनामा परी हराइरहेका यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेकोमा १९ जनाको शव सनाखत भएको छ । सनाखत भएका शवमध्ये १४ जना नेपाली नागरिक रहेका छन् । गत असार २८ गते दुई बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए ।  अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन् ।

प्रतिक्रिया