नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ । छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा र तेजावी सुन एक लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७ सय ३० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।।

प्रतिक्रिया