देवघाटको शिरमा मौलाकालिका माताको मन्दिरमा साउन महिनामा विशेष मेला

हिन्दु धर्मावलम्बीहरुको आस्था र धरोहरको केन्द्र देवघाटधाम, अनि देवघाटको शिरमा मौलाकालिका माताको मन्दिरमा साउन महिनामा विशेष मेला लागिरहेको छ ।  पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको देवघाटधाममा श्रावण स्नानका लागि स्वदेशी तथा विदेशी भक्तजनहरुको लर्को लागेको हो । यहाँ प्रातकालमा देवताहरु स्नान गर्न आउने जनविश्वास छ । देवघाटमा स्नान गरी आराध्यदेव भगवान् शिवको आराधाना गर्दा मनोवान्छित फल पाउनुका साथै यस लोकमा पूण्य आर्जन गरी स्वर्गमा बास हुने किंबदन्ती रहेको छ । देवघाटमा शान्ति र आध्यात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदी, हरिया पहाडहरुका सुन्दर परिदृश्य लगायत जैविक विविधता अवलोकन गर्न सकिन्छ । देवघाटमा गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, सिद्धि गणेश जस्ता पवित्रस्थल रहेको छ । तनहुँ, नवलपरासी र चितवन तीनवटा जिल्लामा करिब पाँच हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थल हो ।

प्रतिक्रिया