कम खर्चमा भरपर्दो उपचार पाउने भएपछि जिल्ला आयुर्वेद केन्द्र पाँचथरमा बिरामीको आकर्षण बढ्दो

पछिल्लो समय आयुर्वेद स्वास्थ्य प्रति नागरिकको आकर्षण बढ्न थालेको छ । कम खर्चमा भरपर्दो उपचार सेवा पाउने भएपछि जिल्ला आयुर्वेद केन्द्र पाँचथरमा बिरामीको आकर्षण बढेको हो । आयुर्वेद केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छन । बाथ रोग, जण्डिस, ढाड दुख्ने, पायल्स, ग्यास्ट्रिक लगायत बिभिन्न रोगबाट पीडित भएका बिरामीहरू उपचार गर्ने गरेका छन ।
जिल्लाको आठ स्थानीय तह मध्ये ५ स्थानीय तहमा आयुर्वेदिक औषाधलय संचालन रहेका छन । त्यस्तै तीन वटा स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा प्रभावह गर्दै आएको कार्यालयले जनाएको छ ।


बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ ।  कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷०८० मा २२ हजार ५ सय ९४ जना र आर्थिक वर्ष २०८०÷०८१ को असारसम्ममा २० हजार २५३ जनाले सेवा लिएका छन । उपचारका लागि आउने अधिकांश बिरामीहरुमा पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी छन् ।। 
 

प्रतिक्रिया