त्रशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु

त्रशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेस सरकारको आर्थिक लगानीमा जडान गरिएको सिटी स्क्यान उपकरण मार्फत बिरामीको जाँच तथा परीक्षण सुरु भएको  हो । यसअघि जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नहुदाँ काठमाडौं जानुपर्ने बाध्यता भएपनि अव त्यो अवस्था हटेको छ । 
अस्पतालले सिटी स्क्यान सेवा उपभोगको लागी रोगका प्रकृति र जाँच गर्नुपर्ने अबस्था हेरेर  तीन हजार देखि रु आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले  एक हजार भन्दाकम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।। 
 

प्रतिक्रिया