जलस्रोत तथा सिंचाईमन्त्री खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन । सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रममा उनले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका हुन । विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गरे ।
मन्त्री खड्काले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका हुन ।  निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता उनको छ । मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै प्रशंषा गरे ।

प्रतिक्रिया