‘नागढुंगा–सिस्नेखोला’ निर्माणबारे भौतिक पूर्वाधार विकास समिति स्थलगत अनुमगनमा

देशकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’को भौतिक निर्माणबारेमा संघीय  संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ । सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाले निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता औल्याए । 
मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समितिसमक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर निर्माणलगायत केही चुनौती बाँकी छन् ।

प्रतिक्रिया