विश्वकै सबैभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औं संस्करण आजवाट सुरु

विश्वकै सबैभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औं संस्करण आजवाट सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन नेपाली समय अनुसार राती एघार बजे फ्रान्सको पेरिसमा हुनेछ । प्रतियोगिता आगामी साउन २७ गतेसम्म सञ्चालन हुनेछ । रग्बी, ह्याडबल, फुटबल र आर्चरीका खेल भने उदघाटन अघि नै सुरु भैसकेका छन । ओलम्पिकको उदघाटन समारोह विगतमा आयोजक शहरको प्रमुख रंगशालामा हुने गरेपनि यो पटक भने पेरिसको सेन नदिको किनारामा हुँदैछ । उदघाटन समारोहमा खेलाडीले डुंगावाट सेन नदि र पेरिसविचको दूरी तय गर्ने कार्यक्रम राखिएको छ । यो नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता समेत हुँदैछ । त्यस्तै आईफल टावरको तल रहेको चाम्प डे मार्समा भलिबल खेल समेत हुँदैछ ।

यो पटक ओलम्पिककै इतिहासका पहिलो पटक महिला र पुरुष खेलाडी बराबर सहभागी हुँदैछन । पेरिसमा मात्रै ३२ मध्ये २१ खेल हुने तय भएको छ । ओलम्पिकका लागि ९ दशमलब ट बिलियन डलर खर्च हुने अनुमान छ । ओलम्पिक १ करोड ३० लाखले प्रतक्ष्य र चार अर्ब मानिसले टेलिभिजनमा प्रतक्ष्य हेर्ने अनुमान गरिएको छ।  ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भैसकेका छन । सकिदासम्म एक करोड टिकट बिक्ने अनुमान छ । ओलम्पिक सुरक्षाका लागि पेरिसमा २० हजार सेना र ४० हजार प्रहरी परिचालन गरिएको छ । 
 

प्रतिक्रिया