अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुविच वासिङटनमा भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविच वासिङटनमा भेटवार्ता भएको छ । भेटमा दुबैजना गाजामा युद्धविराम पहललाई निरन्तरता दिन सकारात्मक भएका छन । युद्धविरामका लागि भएका प्रयास निरन्तर नहुँदा र पटक पटक रोकिदा युद्धविराम प्रयास सफल नभएकोमा दुबै नेताले चिन्ता प्रकट गरेका छन । दुबै नेताले युद्धविराम प्रयासका लागि सरोकारवाला सबैलाई आग्रह गरेका छन । अक्टोबर सातमा इजरायलले गाजामा आक्रमण गरेपछि दुई नेताविच पटक पटक भेटवार्ता भैसकेको छ । इजरायल भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग पनि भेट गरेका छन । भेटमा ह्यारिसले गाजामा भएको जनधनको क्षतिमा चिन्ता प्रकट गरेकी छिन । युद्धको नौं महिना वित्दा इजरायलमाथि युद्धविरामको दबाब छ । तर इजरायलले हमास अन्त्य नगरेसम्म युद्ध नरोक्ने चेतावनी दिदै आएको छ ।

प्रतिक्रिया