दुर्घटनामा परेको जहाजका क्याप्टेन शाक्य काठमाडौं मेडिकल कलेजमा उपचाररत ।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच उपचाररत क्याप्टेन शाक्यले विमानस्थलको रनवेबाट जहाज उडाएर १०० फिटमाथि पु¥याएपछि आफूले नियन्त्रण गर्न नसकेको बताएका छन् ।  बिहीबार बिहान अस्पताल निर्देशक डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका हुन् । बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए ।।

प्रतिक्रिया