विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव आज आफन्तलाई हस्तान्तरण गर्ने तयारी

बुधबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव आज आफन्तलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार पोस्टमार्टमका लागि फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पतालको टोलीले पोष्टमार्टम गरेर पहिचान खुलेका शव आज हस्तान्तरणको तयारी गरिएको हो । २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मीले दुई दिनदेखि मृतकको शव पोष्टमार्टम गरिरहेका छन । पोस्टमार्टम सकिए पनि पहिचान नभई शव दिन नमिल्ने हुँदा शव हस्तान्तरणमा ढिलाइ भएको हो । पहिचान सजिलै हुन नसक्ने अवस्थामा उनीहरूको ‘डेन्टल म्याचिङ, फिंगर प्रिन्ट लगायतबाट र नभए ‘डीएनए’ परीक्षणबाट यकिन गरिने चिकित्सकको तयारी छ । दुर्घटनामा परेका व्यक्तिका आफन्त अस्पतालमा शव कुरेर बसिरहेका छन । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो । जसमा परेर अठार जनाको ज्यान गएको थियो ।। 

प्रतिक्रिया