नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । सरकार छाडेर प्रतिपक्षमा पुगेको अवस्थाको समीक्षा गर्न अध्यक्ष पुष्पकमल दाहालले बैठक बोलाएका हुन । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढीकरण, जनतामा जाने विषयमा पनि छलफलका एजेण्डा छन् ।। 
 

प्रतिक्रिया