संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा कार्यदलको बैठक जारी

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय टुंग्याउन बैठक बसिरहेको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ । आजको बैठकले बिधयेकलाई अन्तिम रुप दिने कार्यदलका सदस्यहरुले बताएका छन् ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटी माग दाबी लिएर जाने विषयमा दलहरु सहमति नजिक छन् । मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मुद्दा चलाइने तर, यस्ता मुद्दामा संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार प्रचलित कानुन बमोजिमको सजायमा घटी सजाय गर्ने विधेयकमा उल्लेख छ ।।

प्रतिक्रिया