आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट ।

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।। 

प्रतिक्रिया