नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको संकेत ।

कोरोना सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको संकेत देखिएको छ । निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन् । तयारी चियाको बजारमा सुधार आएर व्यापारीले पनि राम्रै मूल्य दिएको किसानको भनाइ छ । किसानको हरियो चियालाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो एक हजार छ सय रुपियाँसम्म दिन थालेका छन ।

किसानले उत्पादन गरेका कोठीडाँडा, सुनकेशरी, गोल्डन टी, गोल्डन हनी, ओलाङ, आमा टी निकै स्वादिलो र विदेशी बजारबाट माग बढी आउने गरेको छ । यता मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०÷८१ मा तीन अर्ब १६ करोड ३८ लाख रुपियाँ मूल्य बराबरको चिया निकासी भएको छ । एक करोड ३४ लाख ३३ हजार ८५८ किलो चिया निकासी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया