सिमलताल पहिरोमा परेका दुई बस, त्यसमा सवार चालक र यात्रुको अवस्था अझै अज्ञात ।

साउन २९ गते भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरावाट त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रुको अवस्था अझै अज्ञात छ । घटनाको १३ दिन भइसक्दा पनि बुधबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन । दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिएरु। हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छरु। नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको भने छैन। अझैपनि नेपाली सेना र सशस्त्र प्रहरीको टोली गोताखोर र उपकरणसहित खोजीमा जुटेको छ ।

पानीभित्र गएर खोजी गर्ने तालिम प्राप्त जनशक्ति गोताखोर र पानीभित्र हेर्न मिल्ने र गहिराइमा भएका वस्तुहरूको संकेत गर्न सक्ने क्यामेरा र सोनारजस्ता उपकरण नेपाली टोलीले पनि खोजी कार्यमा प्रयोग गरेपनि घटनास्थलमा बसको कुनै संकेतसम्म फेला परेको छैन। भारतको राष्ट्रिय आपदा मोचन बल एनडीआरएफको १२ जनाको टोली पनि खोजीमा सग्लन छ । खोजी टोलीले ठाउँठाउँमा गरेर २५ शव भेटाएको थियोरु। तीमध्ये १९ शव मात्रै दुर्घटनाग्रस्त बसका यात्रुको भएको पुष्टि भएको छ। दुर्घटनाग्रस्त दुईवटा बसमा नौ जना भारतीय पनि थिएरु। बससँगै हराइरहेका भारतीयमध्ये पाँच जनाको शव भेटिएको छरु। खोजी टोलीले साउन ४ गते शुक्रबारयता शव भेटाएको पनि छैन।

प्रतिक्रिया