जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले झण्डा झुकाउने निर्णय गरेको हो । हिजोको मन्त्रिपरिषद् बैठकले  विमान दुर्घटनाबारे छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । दुर्घटनाको छानबिन गर्न नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा समिति गठन गरेको हो ।पाँच सदस्यीय छानबिन समितिलाई ४५ दिनभित्र सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ । सरकारले आगामी दिनमा विमान दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको हो । छानबिन समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल सदस्य सचिव छन् ।।

प्रतिक्रिया