विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन ।

सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानविन आयोग गठन गरेको हो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन् । आयोगलाई दुर्घटनाको पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ । 

प्रतिक्रिया