सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पतालका अनुसार पाइलटको अनुहारमा ठूलो चोट लागेपनि उनी कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन । उनको मेरुदण्ड भाँचिएकाले शल्यक्रिया गरिँदै छ  । आँखा नजिकै अनुहारमा पनि गहिरो चोट लागेको उपचारमा सग्लन चिकित्सकको भनाइ छ । यसैबीच, प्रधानमन्त्री केपी ओलीले अस्पताल पुगेर क्याप्टेन शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो । बाँकी सबै यात्रुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया