काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन ।
काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । काठमाडौंको पानीमा पोलियोको परिवर्तित भाइरस अर्थात भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप थ्रि देखिएको थियो ।।
प्रतिक्रिया