उद्योगहरूले विद्युत्ला लाइन जोड्न आफूले दिएको आदेश नमानेको भन्दै कुलमान माथि खनिए ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणमाथि छानबिन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यशैलीमाथि आलोचना गरे ।
उद्योगहरूले विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न आफूले दिएको आदेश नमानेपछि रुष्ट भएका ओलीले प्राधिकरणको नेतृत्वमाथि चरम असन्तुष्टि व्यक्त गरे ।
उनले यसभन्दा अगाडि पनि विद्युत् लाइन काटिएको र के–के दिएर मिलाएपछि जोडिएको र के–के नमिलेपछि फेरि काट्ने र जोड्ने काम भइरहेको दाबी गरे । उनले अहिले सबै उद्योगको लाइन काटेको नभई ६ वटा उद्योगको मात्र लाइन काटिएको बताए । उनले अरूको चाहिँ किन नकाटेको भन्दै प्रश्न गरे ।
९ वर्षअघिदेखि विद्युत् महसुल तिर्ने वा नतिर्ने भन्ने विवाद रहेको बताउँदै उनले भने,‘उद्यमीहरूले तिर्दिन भनेको छैन, हामीले जति प्रयोग गरेको हो, त्यो तिर्छौ भनेको छ । प्रयोग कुन गरेको हो, त्यसको बिल त सरकारले दिनुपर्छ । यति प्रयोग गरेको भन्ने प्रमाण त दिनुपर्छ नि । तिमी यति धनी छौँ मलाई यति चाहिन्छ भनेर हुन्छ र ? डेडिकेटेट लाइन भनेको तार जोड्ने होइन, बिजुली सप्लाई हुनुपर्यो नि । सम्झौता २४ घण्टा विद्युत् सप्लाई गर्ने भनेको छ, लोडसेडिङ लगाइदिएको छ । केही घण्टा दिएको छ केही घण्टा बन्द गरेको छ । विवाद छ भनेर बसेर सल्टाउने कि उद्योग बन्द गराइदिने ?’
प्रतिक्रिया