गिरिबन्धु टि–स्टेटको बारेमा होहल्ला गर्न आवश्यक छैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि–स्टेटको बारेमा होहल्ला नगर्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उठका प्रश्नको जवाफ दिँदै ओलीले कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ भन्दै प्रतिप्रश्न गरे । 

हदभन्दा बढीका जग्गा कानुन नबनाई सट्टापट्टा भएको बताउँदै कानुन बनाइएको बताए । “कानुन नबनाई यसरी नगर्नू भन्ने कुरा आएपछि हामीले कानुन बनायौं । कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ ?,” उनले प्रश्न गरे, “संसद्ले कानुन बनाउँदा भ्रटाचार गरिएको छैन ।” 

अदालतले कानुन बनाउने कुरामा नीतिगत भ्रष्टाचार भएको भन्दै अफवाह नफैलाउन आग्रह गरे । “कसैलाई गिरिबन्धु टि–स्टेटका नाममा अफवाह फैलाउने आफ्नो अभ्यासलाई निरन्तरता दिनुछ भने त्यो बेग्लै कुरा होला,” ओलीले भने, “तर, म यो जरुरी छैन भन्ने ठान्छु ।” 

उनले अदालतले अहिलेलाई कार्यान्वयन नगर्न भनेको बताए । ओलीले आफ्नो निजी सम्पत्ति नभएको पनि बताए । “मेरो निजी सम्पति होइन । मैले कुनै लाभ लिनुछैन । थुप्रै मानिसको समस्या होला । त्यसलाई सहजीकरण गर्नु बेग्लै कुरा हो,” उनले भने, “म प्रधानमन्त्री भएपछि कानुन बन्यो । नियमवाली बन्यो । त्यसअनुसार कारबाही भएको छैन । यो होहल्ला के का लागि हो ?”

प्रतिक्रिया