ओलीलाई बर्षमानको प्रश्नः गिरीबन्धु टि–स्टेटल प्रकरणमा के गर्नुहुन्छ ?
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएको अभिव्यक्ति जनतालाई भ्रम दिने गरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेटलगायतको भ्रष्टाचारको फाइल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे।
उपमहासचिव पुनले गिरी बन्धु टि–स्टेटलगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताए।
प्रतिक्रिया