वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको बताए ।
सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।
प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरे । रासस
यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे ।
प्रतिक्रिया