अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”

उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए । 

“वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा राष्ट्र बैंकले विस्तृत अध्ययन गर्नेछ,” उनले भने ।प्रधानमन्त्री ओलीले बालबालिकालाई भोकै मर्न नदिइने बताए । स्कुल जान, पढ्न नपाएका, जाडोमा न्यायो लुगा लगाउन नपाएका बालबालिका र भोक लाग्दा खान नपाएकाहरू सरकारको प्रमुख चासोको विषय भएको उनले बताए ।

प्रतिक्रिया